काठमाडौं । केही दिनअघि देशभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म एक सय ११ जनाको मृत्यु भएको छ ।
कुन प्रदेशमा कतिको मृत्यु
नेपाल प्रहरीका अनुसार बाढी पहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी कुल एक सय ११ जनाले ज्यान गुमाएका छन् ।
कुन प्रदेशमा घाइते कति ?
केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीका कारण १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी कुल ४२ जना घाइते भएका छन् ।
त्यसैगरी,बाढी पहिरोमा परी प्रदेश-१ मा ११ जना, प्रदेशमा-२ मा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी कुल ३७ जना बेपत्ता भएका छन् ।
बाढीपहिरोमा परी क्षति कति भयो ?
बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८६ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ८८ वटा घर परिवार विस्थापित भएका छन् ।