भीम रावलले कार्यदल संयोजकबाट राजीनामा दिए

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुदे सहमति कार्यान्वयन गर्न बनाइएको कार्यदलबाट राजीनामा दिएका छन् । १० बुँदे कार्यन्वयनमा असन्तुष्ट हुँदै आएका रावलले कार्यदलको संयोजकबाट राजीनामा घोषणा गरेका हुन् ।

१० बुँदे कार्यान्वयन पूर्ण रुपमा नभएको भन्दै विवाद भइरहेको अवस्थामा दुई केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै रावलले स्थायी कमिटी बैठकमा असन्तुष्टी जनाएका थिए ।

बैठकमा रावलले फरक मतसमेत राखेका थिए । त्यस लगतै उनले अरु विषयमा छलफल गर्ने भन्दै संयोजकबाट राजीनामा घोषणा गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.