काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई कमजोर पार्न न्यायपालिका भित्र नै चलखेल भएको नेपाल बार एशोसियसनले जनाएको छ । प्रधानन्यायाधीशविरुद्ध गुटबन्दीको नेतृत्व गरिरहेका बरिष्ठतम् न्यायाधीश दिपक कार्कीको भूमिकामाथि नेपाल बार एशोसियनले प्रश्न उठाउँदै न्यायपालिका भित्रै चलखेल भएको जनाएको हो ।
प्रधानन्यायाधीशलाई असफल बनाउने नाममा कार्कीले न्यायपालिका शुद्धीकरण र कानून व्यवसायीको पेशागत हक तथा वृद्धि विकासमाथि नै बाधा उत्पन्न हुने गतिविधिमा संलग्न भएको शुक्रबार बसेको नेपाल बारको कार्य समिति बैठकले निष्कर्ष निकालेको छ ।
बारले कार्कीसँग बरिष्ठ अधिवक्ताको पदवीसम्बन्धी काम नियतवस एक वर्षदेखि रोकेको र स्वचालित पेशीसम्बन्धी समितिको संयोजकका रुपमा कुनै काम नगरेको विषयमा जवाफ माग्ने भएको छ ।
कार्कीको कार्य सम्पादनमा बार पूर्ण असन्तुष्ट रहेको बैठकले निश्कर्ष निकालेको छ । कार्कीले आफ्नो भुमिका निर्वाह गर्न नसकेपछि उनको ठाउँमा न्यायाधीश प्रकाशमान सिंह राउतलाई जिम्मेवारी दिइएको थियो । उनले पनि कुनै काम नगरेपछि बार एशोसियसनले विज्ञप्तिमार्फत फुलकोर्टकाे ध्यानाकर्षण गराएको हो ।