एमाले अधिवेशन : ओलीद्वारा ६ हजार सात ४३ वडा अधिवेशन एकसाथ उद्घाटन 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल माध्यमबाट ६ हजार सात सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् ।

पार्टी अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशै भरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् ।

दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबार एमालेकाे वडास्तरका अधिवेशन जारी छन् । सो क्रममा अध्यक्ष ओलीले सबै वडाका अधिवेशन भव्य, समझदारी र एकतावद्ध रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.