शनिबार थप पाँच सय १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप पाँच १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार नाै सय ३१ जनामा गरिएको पीसीआर परीक्षणमा चार सय ३८ जनामा कोरोना देखिएकाे हाे । एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभरबाट आठ १७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कूल संक्रमणमध्ये सात लाख ८६ हजार ६ सय ३० जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार तीन सय ४५ जना पुगेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.