काठमाडौं । पछिल्लो समय नेकपा एमालेमा सक्रिय भुमिकामा नदेखिएका नेता प्रभु शाह पुनः एमालेमा सक्रिय भएका छन् ।
एमाले जेठ २ मा फर्किएपछि आफ्नो भुमिका कमजोर भएकाे उनकाे धारणा छ ।
शाह नेकपा एमालेको प्रथम विधान महाधिवशेनमा पनि उपस्थित थिएनन् ।
शाहले आठ बुँदे प्रस्ताव सहित फरक मत एमालेलाई बुझाएका थिए । सर्वाेच्च अदालतले नेकपा नरहेको फैसला गरेपछि माओवादीबाट एमालेमा समाहित भएका नेताहरुमध्ये शाह असन्तुष्ट हुँदै आएका थिए ।
शाहले आफ्नो पक्षका नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गर्नु पर्ने र आफूलाई जिम्मेवारी दिनु पर्ने बताउँदै आएका थिए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा एक्लाएक्लै भेटघाटपछि उनी पुनः सक्रिय भएका छन् । एमालेले शाहका दुई जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
झापा र मोरङमा एमालेको कार्यक्रम सुरु हुँदैछ । कार्यक्रमको लागि अध्यक्ष ओली झापा जाने भएका छन् ।
ओलीसँगै शाह पनि झापा र मोरङको कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रमका लागि शाह झापा प्रस्थान गरेका छन् ।
कार्यक्रममा नेताहरु सुवास नेम्वाङ, लेखराज भट्ट पनि सहभागी हुने छन् ।