एमाले वडा अधिवेशन : हिजो ६ हजार बढी वडामा अधिवेशन सम्पन्न

काठमाडौं । शनिबार ६ हजारभन्दा बढी वडामा एमाले अधिवेशन सम्पन्न भएको छ ।

एमाले नेता शेरबहादुर तामाङका अनुसार ६ सयभन्दा बढी वडामा बाढी पहिरोका कारण वडा अधिवेशन प्रभावित भएको छ ।

तामाङका अनुसार बाँकी केही वडा अधिवेशन आज सम्पन्न हुँदै छन् ।

शनिबार भएका सबै वडा अधिवेशन सर्वसम्मत भएको जनाकारी दिँदै तामाङले बाँकी रहेका वडा अधिवेशन कात्तिक १५ सम्म सम्पन्न हुने जानकारी दिए । 

‘शनिबार ६ हजारभन्दा बढी वडामा सर्वसम्मत रुपमा अधिवेशन सम्मपन्न भएको छ । बाढी पहिरोका कारण ६ सयभन्दा बढी वडा अधिवेशन प्रभावित भएको छ । केही अधिवेशन आज पनि हुँदै छन् । बाँकी अधिवेशन हामी कात्तिक १५ सम्म सम्पन्न गर्छौँ,’ क्विक नेपालसँग तामाङले भने ।

एमालेकाे कात्तिक ९ गते पालिका अधिवेशन गर्ने कार्यक्रम छ । 

शनिबार पार्टी अध्यक्ष ओलीले देशैभरका वडा अधिवेशनको उद्घाटन भुर्चुअल माध्यमबाट गरेका थिए ।

एमालेको दशौँ महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.