काठमाडौं । प्रदेश-१ को प्रदेशसभा बैठक स्थगित भएको छ ।
सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरको अनुरोध बमोजिम बैठक स्थगित भएकाे हाे । अर्को बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएकाे हाे । सचिवालयले सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी गराएको हो ।
आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना संसद्ले फ्लोर क्रस गर्ने सम्भावना रहेको आशंकामा संसद सचिवालयमा आजको बैठक स्थगितको माग गरेको थियो ।
प्रतिपक्षी कांग्रेसले संसद् बैठक स्थगित गर्न माग गरेसँगै सत्तारुढ दल नेकपा एमालेले पनि बैठक स्थगित गर्न माग गरेको थियो ।
बैठक स्थगितका कारण प्रदेश १ मा नेकपा एमालेको सरकार लम्बिने सम्भावना बढेको छ ।