काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको बैठक सुरू भएको छ ।
बार एशोसिएसनका पदाधिकारीसहितको बैठकबाट सन्तुष्ट हुन नसेका न्यायाधीशहरु सर्वोच्चमै पुन: छलफलमा जुटेका हुन् ।
छलफलमा दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, नहकुल सुवेदीलगायत न्यायाधीश सहभागी छन् ।
आइतबार बिहान प्रधानन्यायाधीश राणा र बार एशोसिएसनका पदाधिकारीबीच भएको थियो । सोही छलफलको निष्कर्षबमोजिम प्रधानन्यायाधीश राणाले सोमबारका लागि बार एशोसिएसनसहितको फुलकोर्ट बोलाएका छन् ।
नेपाल बार एसोसिएसनले सोमबार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषदमा भाग खोजेको विषयमा उत्पन्न विवादमा केन्द्रित भई फुलकोर्ट बैठकमा छलफल हुने जनाएको छ ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार आइतबार प्रधानन्यायाधीशले राणाले आफूले मन्त्रिपरिषदमा भाग खोजेको कुरा अस्वीकार गरेका छन् ।