नेपालले अमेरिकासँग फाइजरकाे ६० लाख खोप महङ्गोमा किन्दै

काठमाडौं । नेपालले अमेरिकासँग ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको छ ।

नेपालले महँगो दरमा ६० लाख डोज खोप किन्ने भएपछि अमेरिकाले एक लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ ।

६० लाख डोज डाेज किन्ने सहमति भएपछि अमेरिकाले नेपाललाई एक लाख डोज खोप अनुदान दिन लागेको हो ।

स्वास्थ्य मन्त्रालयले  कति मूल्यमा खोप खरिद गर्न लागेको हो, सार्वजनिक गरेको छैन ।

स्वास्थ्यविद्हरुले भनेका छन, सरकार प्रचलित मूल्यभन्दा बढीमा खोप खरिद गर्ने तयारीमा सरकार रहेकाे छ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पाखरेलले ६० लाख खोप अमेरिकासँग खरिद गर्न लागेको स्वीकार गरेका छन् ।

अमेरिकी दूतावासले भोलि नै नेपाललाई एक लाख ६ सय २० खोप अनुदान दिन लागेको बताएको छ ।  यस अघि अमेरिकाले नेपाललाई १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

बालबालिका लक्षित फइजर खोपको अन्तरार्ष्ट्रिय मूल्य २५ डलर रहेको बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.