काठमाडौं । प्रधानन्यायाधीश र बार पदाधिकारीबीच भएको सहमति चित्त बुझ्दो नभएको भन्दै छलफलमा जुटेका न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशमाथि छानबिन हुनुपर्ने र त्यसो हुन सके राणाले नेतृत्व परिवर्तनका लागि बाटो खुला गरिदिनुपर्ने निष्कर्ष निकालेको छ ।
पछिल्लो समय प्रधानन्यायाधीशसँग जोडिएर आएका समाचारको समीक्षा गर्दै आइतबार बार पदाधिकारी र राणाबीच भएको छलफलपछि सर्वोच्चका न्यायाधीशको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागी न्यायाधीशहरूले प्रधानन्यायाधीशमाथि लागेका आरोपमा अधिकांश सत्यता रहेको पनि निष्कर्ष निकालेका छन् ।
संविधानबमोजिम सर्वोच्चमा प्रधानन्यायाधीशबाहेक २० जना न्यायाधीश छन् । जसमध्ये ५० प्रतिशतभन्दा बढी न्यायाधीश प्रधानन्यायाधीश राणाको विषयमा उठेका विषयको छानबिन हुनुपर्ने पक्षमा छन् ।