प्रधानान्यायाधीशको फुल कोर्टमा बहुसंख्यक न्यायाधीश सहभागी नहुने

काठमाडौं । प्रधानन्यायाधीश चेलेन्द्रशम्शेर जबराले सोमबारका लागि बोलाएको फुलकोर्टमा सर्वोच्चका बहुसंख्यक न्यायाधीश सहभागी नहुने भएका छन् । 

आइतबार प्रधानन्यायाधीश राणा र बार एशोसिएसनका पदाधिकारीबीच बैठक बसेकाे थियो । जबरासँगकाे  बैठकपछि अनौपचारिक रुपमा बसेको न्यायाधीशहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

जबराले आइबार नेपाल बार एशोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा सोमबार फुलकोर्ट बैठक बोलाउने निर्णय गरेका थिए । बैठकमा जबराले आफूमाथि उठेका प्रश्न र अदालतबारे छलफल गर्ने भनेका थिए ।

छलफलमा दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, नहकुल सुवेदीलगायत न्यायाधीश सहभागी थिए । 

आइतबार विहान प्रधानन्यायाधीश राणा र बार एशोसिएसनका पदाधिकारीबीच छलफल भएको थियो । छलफलको निष्कर्षबमोजिम प्रधानन्यायाधीश राणाले सोमबारका लागि बार एशोसिएसनसहितको फुल कोर्ट बोलाएका हुन् । 

नेपाल बार एसोसिएसनले सोमबार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषदमा भाग खोजेको विषयमा उत्पन्न विवादमा केन्द्रित भई फुल कोर्ट बैठकमा छलफल नहुने जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.