काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता उल्टाउने प्रयत्न भइरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
सम्बाेधनमा दाहालले जातीय विभेदका विरुद्धका विद्रोहलाई बदनाम गराउन खोजेको आरोप लगाए ।
दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफूले अनेक आरोप खेप्नुपरेको उनको भनाइ छ ।