सर्पदंश उपचार केन्द्र सञ्चालनमा
सप्तरीकोे कञ्चनरुपको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा सर्पदंश केन्द्र सञ्चालनमा ल्याइएको छ । 

सुधा देव

सप्तरी  । सप्तरीकोे कञ्चनरुपको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा सर्पदंश केन्द्र सञ्चालनमा ल्याइएको छ ।  यस क्षेत्रमा सर्पदंशबाट मानवीय क्षति भइरहेकोले कञ्चनरुप नगरपालिकाले आफ्नै प्रयासमा सर्पदंश उपचार केन्द्र सञ्चालन ल्याएक‍ो नगर प्रमुख  बसन्त मिश्रले बताए ।

सर्पदंश केन्द्र सञ्चालन भएसँगै यस क्षेत्रका बिरामीरहरू अन्य ठाउँ जानु पर्ने समस्या समाधान भएको नगर प्रमुख मिश्रले बताए ।

सर्पदंश उपचार केन्द्र सञ्चालनपछि सप्तरीका पूर्वी भागका सप्तकोशी,कञ्चनरुप हनुमाननगर कंकालिनी, तिरहुत तथा अग्निसाई कृष्ण सवरणलगायतका ठाउँका बिरामीहरु लाभान्वित हुने नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब डम्बर प्रसाद गुप्ताले बताए ।

यसअघि सर्पदंशको उपचार सञ्चालनमा ल्याए पनि  एकजना बिरामीको मृत्यु भएपछि उत्पन्न तनावका कारण सर्पदंश उपचार सेवा बन्द हुन पुगेको थियो । सर्पदंशबाट सप्तरीमा वर्षेनी ३० देखि ४० जनाको मृत्यु हुँदै आएको छ 

© 2021 Quicknepal.com  |  All Rights Reserved.