आज सात सय ७६ जनामा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप सात सय ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

कुल आठ हजार दुई सय ८४ जनामा पिसिआर र दुई हजार पाँच सय ८० जनामा एन्टिजेन परीक्षणका क्रममा संक्रमितकाे पहिचान भएका हुन् ।

आज कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । आज पाँच सय एक जना संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार तीन सय ६० छ । जसमध्ये नौ हजार ६ सय १७ जना होम आइसोलेसनमा रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.