चीनमा फेरि लकडाउन, घर बाहिर निस्कन कडाई

एजेन्सी । कोरोना भाइरस संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको हो ।

लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ ।

कोभिड भित्रभित्रै आगो झैं फैलिएको भन्दै नियन्त्रण लागि सरकारले फेरि लकडाउन घोषणा  गरेको हो । सहरमा कोभिडका २९ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो समयमा चीनमा कोभिडको नयाँ स्वरुप डेल्टा भाइरस देखिएको छ ।

भाइरस फैलिएसँगै सरकारले यसै साता आयोजना हुने बेइजिङ म्याराथन स्थगित गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.