कात्तिक १५ देखि नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार सुरु हुने

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था सिन्धुपाल्चोक र विन लघुवित्त वित्तीय संस्था धादिङ एक-आपसमा मर्जर भई १५ कात्तिकदेखि एकीकृत कारोबार सुरु हुने भएको छ ।

संस्थाको केन्द्रीय कार्यालय मेलम्ची–१३ सिन्धुपाल्चोकमा रहने जनाइएको छ । १५ कात्तिकमा विन नेपाल लघुवित्तका नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

यी दुई संस्था एक-आपसमा गाभिँदा सेयर अनुपात १ः०ः७५ कायम गरिएको छ । यी दुई संस्थाबीच एक आपसमा गाभिने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले गत १५ भदौमा अन्तिम स्वीकृति दिएको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.