काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ६६ जनामा कोरोना पुष्टी भएको छ ।
नाै हजार सात सय ७१ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ६९ जना र दुई हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
सोही अविधमा ६ सय २२ जना कोरोनामुक्त भएका छन् ।
हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ ।