काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम एक सय १९ रुपैयाँ ६४ पैसा र बिक्री दर एक सय २० रुपैयाँ २४ पैसा कायम गरेको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा छ ।
क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २९ पैसा छ ।
युरोपियन यूरो एकको खरिद दर एक सय ३९ रुपैयाँ र बिक्री दर एक सय ३९ रुपैयाँ ६९ पैसा छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर एक सय ६५ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ६६ रुपैयाँ १५ पैसा छ ।
स्वीस फ्रेङ्क एकको खरिद दर एक सय ३० रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ३० रुपैयाँ ६७ पैसा राष्ट्र बैंकले जनाएको छ ।
बुधबार चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ पाँच सय ५५ पैसा राष्ट्र बैंकले जनाएको छ ।
कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८६ पैसा र बिक्री दर ३३ रुपैयाँ ०२ पैसा छ ।
साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ९० पैसा र बिक्री दर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ छ ।