थप ६ सय ७२ जनामा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

सात हजार एक सय ६७ जनामा पिसिआर र दुई हजार तीन सय २८ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन् ।  

सोही अवधिमा कोरोनाका कारण आठ जनाको मृत्यु भएको छ, भने चार ९५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १० हजार तीन सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.