काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्यमा थपघट गरेको छ।
बुधबार नेकपा एसले नयाँ सर्कुलर जारी गर्दै एस पार्टीले केन्द्रीय कामिटी सदस्य थपघट गरेको जानकारी दिएको हो ।
प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार यसअघि केन्द्रीय कमिटीमा समावेश भएका केही नेताहरु एमालेमै फर्किएकाले उनीहरुको ठाउँमा नयाँ सदस्य थपिएको हो।
पुनर्गठनमा प्रेस चौतारीका सचिव अमृत तिमल्सिना समेत केन्द्रीय सदस्य बन्न सफल भएका छन् भने मन्जु यादवलगायतको वैकल्पिक केन्द्रीय सदस्यबाट बढुवा भएको छ ।