आज एमाले स्थायी कमिटी बैठक बस्ने

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो चार बजे बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ । एमालेले बाढी पहिरो प्रभावित क्षेत्र बाहेकमा ६ कात्तिकमा वडा र नौ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ ।

बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्ने सचिव तामाङले जानकारी दिए ।

एमालेले १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दैछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.