एजेन्सी । युरोपेली युनियन (ईयु) को एक उच्च अदालतले पोल्यान्डलाई दैनिक १० लाख युरो जरिवाना तिर्न आदेश दिएको छ । पोल्यान्डको न्याय प्रणालीप्रति असन्तुष्ट जनाउँदै युरोपेली आयोगको अदालत इसीजेले पोल्यान्डमाथि भारी जरिवाना तोकेको हो ।
यस वर्षको सुरुमा इयुले पोल्यान्डलाई अदालतको विवादास्पद कक्ष खारेज गर्न आदेश दिएको थियो । पोल्यान्डले सो आदेश नमानेपछि इयुले सजाय तोकेको हो । पोल्यान्ड सरकारले सँजायको निन्दा गरेको छ ।
इयुको पछिल्लो आदेशसँगै इयुसँग पोल्यान्डको टकराब बढ्ने देखिएको छ । टकरावले युरोपेली युनियनमा पोल्यान्डको सदस्यता नै धरापमा पर्न सक्ने केहीले टिप्पणी गरेका छन् ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला डेर लियेनले पोल्यान्डको अदालतले युरोपेली मुलुकको कानूनी प्रणालीलाई चुनौती दिएको बताए ।
आवश्यक परेको बेला न्यायाधीशलाई सँजाय दिन पोल्यान्डले सन् २०१८ मा सर्वोच्च अदालतमा अनुशासन कक्ष स्थापना गरेको थियो । भ्रष्टाचारबिरुद्ध जुध्न कक्ष आवश्यक भएको सरकारको जिकिर छ ।
स्वतन्त्रत न्यायाधीशलाई सँजाय दिन कक्ष प्रयोग गरिएको आलोचकहरुले आरोप लगाउँदै आएका छन् । न्यायाधीशले हेर्ने मुद्दा रोक्ने अधिकार अनुशासन कक्षलाई दिइएको छ ।
जुलाइमा युरोपेली आयोगको अदालत इसीजेले सो कक्ष तत्काल बन्द गर्न पोल्यान्ड सरकारका नाममा एउटा आदेश दिएको थियो ।