ओलीले चितवनमा राम, सीता र लक्ष्मण भिडाइदिए :प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले चितवनमा राम, सीता र लक्ष्मणसँग आफूलाई भिडाएको बताएका छन् । 

बिहीबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादीका अध्यक्षलले चितवनका चेपाङलगायत समुदायको समुन्नतिभन्दा केपी शर्मा ओलीले राम,सीतालाई बढी ध्यान दिएको टिप्पणी गरेका हुन् । 

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भगवान राम, लक्ष्मणसँग आफूलाई भिडाइदिएको गुनासो गर्दै उनले भने, ‘ प्रमाणित नभई, अध्ययन अनुसन्धान नभई राम र लक्ष्मणको मूर्तिमात्रै ल्याएर यहाँका जनताको हित हुने होइन ।’ यद्यपि उनले चितवन धार्मिकस्थल बनोस् भन्ने आफ्नो चाहना रहेको बताए ।

‘मैले माडी र हनुमानझोलाको समस्या समाधान गर्न त्यसबेला प्रधानमन्त्रीसँग रातोपीरो हुने गरी बहस गर्नुपर्‍यो । तर, उहाँले यहाँका जनताका समस्या हल गर्नेभन्दा राम, लक्ष्मण र सीता ल्याएर मसँग भिडाइदिन खोज्नुभयो ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.