काठमाडौं । खुलेको एक हप्ता पनि नपुगी सवारीचालक अनुमतिपत्र आवेदन फाराम बन्द भएको छ ।
केही दिन अघि यातायात व्यवस्था विभागले खुलाएको नयाँ चालक अनुमतिपत्रको आवेदन प्राविधिक समस्या देखाउँदै बन्द भएको हो । विभागले गत मंगलबार नौ गतेदेखि लाइसेन्स आवेदन खोलेको थियो ।
बिहीबार यातायात विभागले निकालेको सूचनमा भनिएको छ ‘अनलाइन लाइसेन्स आवेदनमा केही प्राविधिक समस्या आएको कारण मर्मतका लागि बन्द गरिएको छ । यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौं’ ।