काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचाररहित हुने बताएका छन् ।
बिहीबार मुख्यमन्त्री पदको शपथ लिएर पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘स्वभावैले सर्वहारा, श्रमजीवी, गरिब किसानको पक्षमा हामी काम गर्छौं ।’ उनले भने । बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बुधबार नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएलगतै प्रदेश प्रमुखले बिहीबार तीन बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आग्रह गरेका थिए ।