काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ ।
बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।
न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइए छ ।
यतिखेर सर्वोच्चमा प्रधानन्यायाधीशको भूमिकालाई लिएर विवाद जारी छ । सर्वोंच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गरेका छन् ।