काठमाडौं । कोरोना महामारीपछि ओभर द टप (ओटिटी) मा दर्शकसँगै सेलिब्रेटीको आकर्षण पनि बढ्दो छ । डिजिटल प्लेटफर्मलाई मात्र लक्षित गर्दै फिल्म, शो निर्माण हुने क्रम बढ्दो छ । नेपालमा पनि पछिल्लो समय डिजिटल प्लेटफर्मलाई लक्षित गर्दै शो निर्माण हुने क्रम बढेको छ ।
डिजिटल प्लेटफर्ममा दर्शकको बढ्दो आकर्षणलाई देखेर गायक अनिल सिंहले पनि वेब शो ल्याउने तयारी गरिरहेका छन् ।
पप गीत संगीतमा एउटा छ्ट्टै नाम स्थापित गरेका अनिलले म्युजिकल शो लिएर आउने तयारी गरेका हुन् । शोमा उनए स्वयं होस्ट रहने छन् । उनले भने, ‘शो ल्याउने तयारीलाई भइरहेको छ, तर शोबारे सबै जानकारी दिन हतार नगरौं ।’
पछिल्लो समय गीतसंगीत निर्माणमा सक्रियता नरहे पनि कन्सर्टमा भने उनि व्यस्त छन् । उनका प्रियसी, प्रेम पत्र, आइ लभ यु, इञ्जिन गाडीमा लगायतका गीतहरू अहिले पनि दर्शक तथा श्रोता माँझ लोकप्रिय छन् ।