न्यायालय सुद्धीकरणका लागि धर्नामा बस्ने बारको निर्णय

काठमाडौं । नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै धर्ना बस्ने भएको छ । 

नेपाल बार केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबमोजिम न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै धर्नामा बस्न लागेको हो ।

आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाईसँग भर्चुअल अन्तरक्रिया गर्ने समेत निर्णय गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.