एमाले महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुन पाउने

काठमाडौं। नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढेको छ । 

शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या बढाएको हो । बिहीबारको स्थायी समितिको बैठकले १ हजार ५ सय ३६ मात्र सहभागी हुन पाउने निर्णय गरेको थियो ।

तर, शुक्रबारको केन्द्रीय कमिटीको बैठकले सो संख्या बढाएर १ हजार ९ सय ९९ पुर्‍याएको हो । केन्द्रीय कमिटीमा सहभागी सदस्यको मागबमोजिम सहभागी संख्या बढाइएको हो । 

यस अघि गोदावरीमा भएको एमाले प्रथम विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए । एमालेको १० औँ महाधिवेशन  मंसिर १० देखि १२ गते चितवनमा हुँदै छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.