केन्द्रीय सदस्य थपप्रति उपाध्यक्ष रावलको असन्तुष्टि

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केन्द्रीय कमिटीमा सदस्य थपप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका क्रममा अध्यक्षले दुई केन्द्रीय कमिटी सदस्य थप गरेका थिए। थप भएका केन्द्रीय कमिटी सदस्य प्रभु साह निकट हुन् । 

एमाले प्रथम विधानमा ८ बुँदे असहमति राख्दै असन्तुष्टि जनाएका साह शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.