काठमाडौं। नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ समिति गठन गरेको छ । शसक्रवार बसेको मूल व्यवस्थापन समितिको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचारलगायत १२ समिति गठन गरेको हो ।
केन्द्रीय कमिटी बैठक पछि बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा विभागीय जिम्मेवारी बाँडफाँड गर्न समितिहरु गठन गरेको संयोजक राम बहादुर थापा बादलले बताएका छन् ।