वाग्मती सफाइ महाअभियानमा बढ्यो सक्रियता

काठमाडौँ । विगत लामो समयको वर्षाका कारण वनजङगलको वरपरका जैविक पर्दाथहरु सड्ने गल्ने र टाढा– टाढा बाट नदीले फोहोर बगाएर ल्याउने भएकाले वातावरण निकै प्रदुर्षित बनेको थियो । कोरोना महामारीको जोखिम घटेपछि वाग्मती सफाइ महाअभियानमा अभियानताहरुको सहभागिता बढ्न थालेको छ ।

कोरोनाको समयमा पनि सिमित अभियानकर्मीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बागमती सरसफाइ अभियानमा निरन्तरता दिएका थिए । तर समयको अनुकुलता मिलाएर आज लगभग ३०० जनाको समुहमा रहेर बागमती सरसफाइ अभियानमा सक्रियता बढेको थियो ।

यस अभियानमा आज ३०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । महाअभियानको ४४२ औँ हप्तामा आज सिनामंगल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको थियो । वातावरण सफा राखौँ भन्ने भावनाले बागमती सरसफाइका अभियानकर्ताहरुको सक्रियाताले गर्दा
प्रदुषण घटेको देखेका छौ ।

धिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा . माला खरेलका अनुसार आजको बागमती सरसफाइ अभियानमा रहेर पशुपति क्षेत्रमुनिको नदी किनारमा आर्यघाटबाट झरेको बाँस, खटलगायतका अन्य जैविक तथा अजैविक फोहोर संकलन गरिएको छ । उक्त सरसफाइबाट ३ गाडि फोहोर ब्यावस्थापन गरिएको छ । एक गाडि फोहोर काठमाडौँ महानगरपालिकाले ब्यावस्थापन गरिसकेको छ भने अन्य लगभग दुई गाडि फोहोेरभने नदी किनारमा थुपारिएको छ । थुपारिएको फोहोर महानगरपालिकाले ब्यावस्थापन गर्ने प्रतिद्धता जनाएको छ ।

यस बागमति ्वातावरण सरसफाइको अभियानमा कलाकार शिव श्रेष्ट ,समितिका अध्यक्षसमेतको सक्रियता रहेको थियो ।

 


पशुपतिको आर्यघाटबाट निस्कने फोहर व्यवस्थापनका विषयमा समितिले पशुपति क्षेत्र विकास कोषसँग पहिले नै बैठक बसेर निणर्य गरेको जनाएको छ । कोषले पशुपति क्षेत्रलाई स्वच्छ बनाउन असोज पहिलो सातादेखि स्वच्छ पशुपति अभियान सुरु गरेको छ ।


गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४११ औँ हप्तामा गोठाटार पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको छ । पछिल्लो समय सफाइ अभियानलाई निरन्तरता दिइएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । यस क्षेत्रमा कुहिने फोहर खाडल खनेर गाडिएको छ भने नकुहिने फोहोरमात्र यस क्षेत्रको सफाइबाट व्यवस्थापन गरिएको छ ।


संयोजक चन्द्र दङ्गालले भने , ‘मनोहरा सफाइ अभियानको २४१ औँ हप्तामा महानगरपालिकाको वडा नं ३२ स्थित शुभकामना मार्ग क्षेत्रमा सफाइ गरिएको छ।’ सफाइमा त्यस क्षेत्रका ७० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएपछि यसका सहायक नदी, उपत्यकाका चक्रपथलगायत सांस्कृतिक सम्पदा सफाइ अभियान पनि सुरु भएको छ । उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.