लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि दाहाल र माधवले मविरुद्ध षड्यन्त्र गरे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा समेटेर नक्सा छापेसँगै प्रचण्ड र माधव नेपालले कांग्रेस र विदेशीसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । 

शनिबार एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्कमञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । 

‘जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो, कलेजो, फोक्सो फुत्त बाहिर निस्कियो । केपी ओलीले बाह्य सम्बन्ध बिगार्यो भने । त्यसो भए, हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरु लेण्डुप दोर्जे मानसिकताका हुन् ।’ सम्बाेधनकाे क्रममा ओलीले भने, ‘तिनै व्यक्ति केपी ओलीलाई हटाएर हामी कम्फरटेबल सरकार बनाउँछौँ भन्दै हामीलाई देऊ भनेर लम्पसार परे ।’ 

सम्बोधनकाे क्रममा उनले अहिलेको सरकार र गठबन्धनको राष्ट्रवाद महाकालीको तुइन प्रकरणमा देखिएको बताउँदै भने, ‘जयसिंह धामीलाई तुइट काटेर बगाइँदा गृह मन्त्रालयमार्फत् भारतको विरोध नगर् भनेर धम्की दिइयो ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.