काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ९ सय ११ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै देशभरबाट संक्रमणका कारण ज्यान गुमाउनको संख्या ११ हजार ३ सय ९९ पुगेको छ।
हाल देशभर ९ हजार ५ सय २६ सक्रिय संक्रमित रहेका छन्।