काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।
न्यायालय सुद्धीकरणको माग राख्दै आएका उनीहरुले आइतबारदेखि औपचारिक रुपमा आन्दोलनमा उत्रिएका हुन् ।
बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको छ । बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।







