काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सात ३१ पीसीआर परीक्षणमा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४ सय ८ जनामा संक्रमित थपिएको हो ।
पछिल्लो २४ घण्टामा ५ सय १८ जना कोरोना संक्रमितको निको भएर डिस्चार्ज भएका छन् । यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।