काठमाडौँ । जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गरिने निर्णय भएको छ ।। सरकारकरले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने निर्णय गरेको भए तापनि र्गाउँपालिकाले तलब वृद्धि नगर्ने भएपछि आन्दोलनरत कर्मचारी र सहजकर्ताले विधालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन ।
गाँउपालिकाले सरकारको निर्णयलाई ध्यानमा राखी कर्मचारीको तलब वृद्धि गर्नुपर्ने उनीहरुको माग रहेको छ । यस गाँउपालिकाका शिक्षक महासंघले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागि भएको जनाएको छ । जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकसँगको सहमतिमा पारिश्रमिक बढाएको तर उक्त गाउँपालिकाले भने बेवास्ता गरेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोनमा उत्रिन बाध्य भएका हुन । गाउँपालिका शिक्षक महासङ्घका अध्यक्ष गणेश दाहालका अनुसार सङ्घीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारकाले प्रति व्यक्ति ७ हजार रुपैँया पारिश्रमिक बढाउनुपर्नेछ । उनले भने ,‘ जबसम्म माग पुरा हुँदैन , तब सम्म आन्दोलन जारी रहने छ । माग पुरा नभएसम्म आन्दोलन पनि जारी रहने उनले बताए । आज यस गाउँपालिकामा रहेका ३३ वटै विद्यालय बन्द गर्ने निर्णय गरी तालाबन्दी गरिएको हो ।
कोरोना बाट प्रभावित बनेको शैक्षिक स्तर उकास्नु पर्नेमा झन शिक्षकबाट यस्तो निर्णय हुनु र गाँउपालिकाले झन अराजकता अपनाउनु बढो दुःखको कुरा हो ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गणेश खड्काले भने, ‘ यस्तो समस्या चाँडै समाधान गरेर विधालय सञ्चालन गर्नुपर्छ ।’ तर यस विषयमा भने स्थानीय गाँउपालिकाले कुनै चासो नदेखाएको उनले बताए ।