न्यायालयको विवाद समाधान गर्न नसक्नु देउवाको कमजोरी : पूर्वराष्ट्रपति

काठमाडौं । न्यायालयमा भइरहेको विवाद समाधान गर्न नसक्नु प्रधानमन्त्री देउवाको कमजोरी रहेको पूर्वराष्ट्रपति रामवरण यादवले बताएका छन् । 'सरकारले न्यायालयको विवाद मिलाउनु पर्छ । तर यो सरकारले त्यसमा चासो दिइरहेको छैन । यो सरकारको कमजोरी हो ।' उनले भनेका छन् ।

न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको समेत पूर्वराष्ट्रपति यादवले टिप्पणी गरे । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै उनले देउवाले यतिखेर नेपालमै रहेर न्यायालयको विवादको समाधान खोज्नुपर्ने बताए ।

सारा न्यायाधीशहरू, नेपाल बार, कानूनविद्हरू एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कसको आडमा भनेको ? उनले गठबन्धन दलमाथि प्रश्न गरे । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले राजनीतिक दलहरुकाे आडमा राजीनामा नदिई न्यायालयको बद्नाम गरेको पुर्व राष्ट्रपतिको भनाई छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.