काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरुद्धमा आजबाट चरणबद्ध आन्दोलन सर्वाेच्च परिसरमै सुरु भएको छ । कालो ब्यानरसहित धर्ना दिने र सेतोपट्टि बाँधेर देखाउने जस्ता विरोधको कार्यक्रम आजबाट सुरु भएको छ ।
आजबाट आफूविरुद्ध चरणबद्ध आन्दोलन सुरु भएपछि प्रधानन्यायाधीश जबरा न्यायाधीशहरुसँग वार्ता गर्न तयार भएका छन् । प्रधानन्यायाधीशसँग वार्ता गर्नका लागि बारका तर्फबाट न्यायाधीशहरूले तीन सदस्यीय टोली गठन गरेका छन् । जसमा न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा छन् ।
प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टीका बुँदा पहिल्याएर ती बुँदाका आधारमा एक पटक वार्तामा बस्ने निर्णय गरेको तीन सदस्यीय टोलीले जनाएको छ ।
सर्वोच्चका १९ न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्दै निरन्तर इजलास बहिष्कार गरिरहेका छन् ।