काठमाडौं । प्रदेश-१ सरकारको नेतृत्वमा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् ।
सोमबार प्रदेश प्रमुख आचार्यले पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष राईले गठबन्धनको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
सोमबार मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष राजीनामा दिएका थिए ।
राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको हो ।
नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।