हल्ला गरेर मात्रै चितवनमा चुनाव जितिँदैन : ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा महाधिवेशन नगरे पनि एमालेले चुनाव जित्ने बताएका छन् । 

सोमबार एमाले भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले केही दिनअघि प्रचण्डको भनाइलाई इंगित गर्दै यस्तो बताएका हुन् । 

केही दिनअघि माओवादीका अध्यक्ष दाहालले एमाले महाधिवेशन र प्रतिनिधिसभाको चुनावलाई लक्षित गर्दै चितवनमा महाभारतको युद्ध हुने बताएका थिए ।     

‘चितवनमा महाधिवेशन गर्नु कुन ठूलो कुरा भयो ।’ प्रचण्डतिर संकेत गर्दै ओलीले भने, ‘किन छटपटी ? महाधिवेशन गरेर मात्रै हामीले यो जिल्ला जित्ने होइन । महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौँ ।’

सम्बाेधनकाे क्रममा ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको बताउँदै झुक्किएर बाबु (प्रचण्ड) लाई आफूहरुले पनि बोकेको बताए । 

‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोक्यौँ ’ ओलीले भने ।

‘अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुई-दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो, ओलीले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.