नेपालले सगरमाथा संवाद आयोजना गर्नेछ : देउवा

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चाँडै सगरमाथा संवाद आयोजना गर्न लागेको बताएका छन् ।

ष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६)लाई सोमबार बेलुका स्कटल्यान्डमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘सगरमाथा संवाद’ नेपालले तत्काल आयोजना गर्ने बताएका हुन् ।

तत्कालिन प्रधानमन्त्री कपेी शर्मा ओलीको पालामा सगरमाथा संवादका लागि मिति तोकेको थियो । देउवा सरकार आउने बितिकै काम स्थगीत भएको छ । नेकपा एमालेले देउवाले सगरमाथा संवादमा चासो नदिएको भन्दै विरोध गरिरहँदा देउवाले विदेशको समारोहमा पुगेर सगरमाथा संवाद चाँडै आयोजना गर्ने दावी गरेका हुन् ।

सगरमाथासहित हिन्दूकुश हिमालय क्षेत्रको जलवायु असरबारे विश्वलाई सन्देश दिन सगरमाथा संवाद आयोजना गर्न लागेको समेत देउवाले बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.