काठमाडौं । सर्वोच्च अदालतमा सुरु भएको विवाद झन् झन् लम्बिदैं गएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराप्रति असन्तुष्ट न्यायाधीशहरुले इजलासमा सहभागिता जनाउन इच्छा प्रकट गरेका छैन । बरु न्यायाधीशहरु इजलास छाडेर बैठक र विरोधमा सहभागी भइरहेका छन् ।
बुधबार न्यायाधीशहरु इजलास फर्केका थिए । हिजो मात्रै इजलास फर्केका न्यायाधीशहरु पुनः आन्दोलनमा फर्केका छन् । न्यायाधीशहरु इजलास बहिष्कार गरेर बैठकमा सहभागी भएका हुन् ।
३ जना न्यायाधीशको वार्ता टोलीले प्रधानन्यायाधीशसँग वार्ता गरेपनि समस्या समाधान हुन सकेन । प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको बाटो रोजे पनि त्यो यात्रा कठिन रहेको न्यायाधीशहरुको दावी छ । न्यायाधीशहरुले सम्मानजनक बहिर्गमनको बाटो भनेको राजीनामा भएको बताएका छन् ।
प्रधानन्यायाधीश राणाले राजीनामा दिनु उपयुक्त हुने भन्दै विरोधको कार्यक्रम सर्वोच्चमा जारी रहेको छ ।