अयोध्याधाम राममन्दिरमा ओलीको गर्जन, राममन्दिर बनाउँदा प्रचण्डलाई किन तनाव ?(भिडियो र फोटोफिचर)

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओली चितवनको अयोध्याधाम राम मन्दिर पुगेर सम्बोधन गरिरहेका छन् । बुधबारदेखि चितवनको विभिन्न ठाउँ अवलोकनमा रहेका अध्यक्ष ओलीले अयोध्याधाम अवलोकनपछि सम्बोधन गरिरहेका छन् ।

अवलोकनको क्रममा अध्यक्ष ओलीले राम मन्दिरमा माला अर्पण गरेका छन् । सम्बोधनका क्रममा अध्यक्ष ओलीले राम नेपालमै जन्मेको भनेर प्रचार गर्नुपर्ने भन्दै राम मन्दिर आफ्नै पालामा निर्माण गरेको बताए ।

अध्यक्ष ओलीले आफूले माडीको अयोध्या धाममा राम मन्दिर बनाउँदा प्रचण्डलाई तनाव भएको बताए । 'मैले राम नेपालमै जन्मेको हो । त्यो इतिहास साँची छ । राम नेपालमै जन्मेको हो । यसको प्रचारको लागि राम मन्दिर यहाँ बनाएको हो । राम मन्दिर बनाएपछि प्रचण्डलाई पसिना आएछ । राम मन्दिर बनाउँदा प्रचण्डलाई किन तनाव ?।' ओलीले भने ।

एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको ओलीले पुन: दावी गरेका छन् । उनले राम र रामसँग जोडिएका ग्रन्थहरुको बारेमा सम्बोधन गर्दै आफ्नो विचार राखिरहेका छन् । 'चार हजार वर्षभन्दा बढी इतिहास बोकेको भूमिमा मैले राम मन्दिर बानएको हुँ । किनकी रामको जन्म यही भएको हो ।' ओलीले भने ।

भिडियोका लागि क्लिक गर्नुहोस् :

https://www.facebook.com/quick.nepal/videos/871410950173210

© 2021 Quicknepal.com  |  All Rights Reserved.