विराटनगर । प्रदेश १ सरकारमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको सपथ गराएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । नेपाली कांग्रेसले २, नेकपा माओवादीले १ र जनता समाजवादी पाटीले १ मन्त्रालय पाएको छ । यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एउटा राज्यमन्त्री दिइएको छ ।
मन्त्रीहरुको सूची
मुख्यमन्त्री – राजेन्द्र राई
भौतिक पूर्वाधार विकास मन्त्री – हिमाल कार्की (कांग्रेस)
आर्थिक मामिला तथा योजना मन्त्री – इन्द्रबहादुर आङ्बो (माओवादी)
आन्तरिक मामिला तथा कानून मन्त्री – केदार कार्की (कांग्रेस)
सामाजिक विकास मन्त्री – जयराम यादव (जसपा)
सामाजिक विकास राज्यमन्त्री – विष्णुमाया तुम्बाहाम्फे (संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च)