जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त

सुर्खेत । कांग्रेसका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सोमवार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजीनामा दिएपछि जीवनशहादुर शाहीले २१ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीको दावी प्रस्तुत गरेका थिए ।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गरेका हुन् । केही बेरमा मुख्यमन्त्रीको शपथ हुने बताइएको छ ।

जीवनबहादुर शाहीलाई २१ सदस्यको समर्थन, मुख्यमन्त्री नियुक्ती पछि आजै ८ : ३० बजे शपथ ग्रहण हुने

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.