थप ४ सय ४७ जनामा कोरोना पुष्टि

काठमाडौं । बुधबार थप ४ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार बुधबार सोही अवधिमा सात जनाको मृत्‍यु छ । 

कुल ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ५४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४ सय ३४ पुगेको छ भने ७ लाख ९३ हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.