राजेन्द्र राईको रक्सी पार्टीले समाजवादी पार्टीको बदनाम (भिडियोसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई जाँड खाएर मात्तिएको भिडियो सामाजिक सञ्जालमा छरपस्त छ । त्यसलगतै समाजवादी पार्टीकोविरुद्धमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

जाँड खानु आफैमा नराम्रो भने होईन । तर जब जाँडले आफुलाई नियन्त्रणमा राख्दैन तब समस्या उत्पन्न हुन्छ । त्यसमा पनि सामाजिक उत्तरदायित्व बोकेका नेताहरुले जाँड खाएर मात्तिएको भिडियो बाहिर आउँदा त्यसले समाजमा पार्ने प्रभाव राम्रो हुँदैन ।

प्रदेश नं. १ मा मुख्यमन्त्री राजेन्द्र राई आफु मुख्यमन्त्री बन्नु अघिल्लो रात होटल व्यवसायी र ठेकेदारहरुसँग बसेर बियर पार्टी गरेपछिको मात्तिएको भिडियो सामाजिक सञ्जाल भाइरल भएको हो । सरकारमा जानु अघि नै क्लाईन्टहरुसँग उनले सरकारमा आफु रहेपछि मिलेर सरकार चलाउने भन्दै बियर पार्टी गरेको रहस्य पर्दाफास भएको छ ।

त्यसको पुष्टि मुख्यमन्त्री राईले सरकारको पहिलो निर्णयबाट गरेका छन् । उनले तत्कालिन मुख्यमन्त्री भिम आचार्यले गरेको सबै निर्णयहरुको खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरेका छन् ।

मुख्यमन्त्री राईको बियर पार्टी विवादित मात्र बनेको छैन समाजवादीका अध्यक्ष माधव नेपालको नैतिकता र आचरणको पाठ उनका दोश्रो तहका नेताहरुले कसरी पूरा गर्छन् भन्ने पनि देखिएको छ । किनकी अध्यक्ष नेपालले आफ्ना नेताहरुलाई पहिले नै यस्तो विषयमा सजग गराएका थिए । अध्यक्ष नेपालले नेताहरुलाई रक्सी नखान, कुनै महिलासँग जोडिएर र खाएर मात्तिएर बजारमा पार्टीलाई बदनाम नगर्न निर्देशन दिएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.