काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर स्वदेश फर्किने क्रममा बुधबार प्रधानमन्त्री देउवाले यस्तो संकेत गरेका हुन् ।
‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ,’ देउवाले भने ।
तर, प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश प्रकरणबारे केही बोलेनन् । पत्रकार सम्मेलनको सुरुमै देउवाले कोप–२६ सम्मेलन बाहेकका अरु प्रश्न नसोध्न आग्रह गरेका थिए ।